logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • पासो लागेको अवस्थामा मृत भेटिए महिला र पुरूष

    पासो लागेको अवस्थामा मृत भेटिए महिला र पुरूष

    3.3K
    Shares
    पासो लागेको अवस्थामा मृत भेटिए महिला र पुरूष

    जनकपुर । जनकपुरको रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् ।
    महोत्तरीको पिपरा गाउँपालिका ३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा  भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

    कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएका थिए ।

    आज बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रंजन अवाले बताए ।

    धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । दुवैजना ४ दिनदेखि होटेलमा थिए । पुरूषको ४ र महिलाको १ सन्तान छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend