logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रपति रामचन्द्र पौडेलद्धारा कतारका अमिर शेखलाई स्वागत

    राष्ट्रपति रामचन्द्र पौडेलद्धारा कतारका अमिर शेखलाई स्वागत

    1.6K
    Shares
    राष्ट्रपति रामचन्द्र पौडेलद्धारा कतारका अमिर शेखलाई स्वागत

    काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन । उनी आफ्नो निजी विमान मार्फत आज दिउँसो ३ बजेर ४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आइपुगेका हुन् । दुईदिने राजकीय भ्रमणमा आएका उनको राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरेका हुन ।

    राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्।

    स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए ।

    यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए।

    बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उनी आज अपरान्ह विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् । सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend