logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • बदेलको आक्रमण दैलेखमा सात घाइते

    बदेलको आक्रमण दैलेखमा सात घाइते

    728
    Shares
    बदेलको आक्रमण दैलेखमा सात घाइते

    काठमाडौँ । रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्याउँदै आएको बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ ।

    आज मंगलवार दिउँसो दैलेखको भैरवी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयवासीलाई बँदेलले आक्रमण गरेको छ । एउटै बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् ।

    घुम्नेखाली, पाण्डेटोल र पुनडाँडा टोलका बारीमा गहुँ काट्दै गरेका मानिसलाई बँदेलले टोकेको भैरवी गाउँपालिका–६ का वडाध्यक्ष तुलबहादुर हमालले बताए ।

    बँदेलको टोकाइबाट भैरवी–६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते भएका छन् ।

    उनीहरु सबैजसोलाई लखेट्दै गर्दा बँदेलले पछिल्तिरबाट खुट्टाको भागमा टोकेको पाइएको पानीपोखरी प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) कर्णबहादुर रोकायले जानकारी दिए ।

    घाइतेमध्ये छ जनाको स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको छ । गम्भीर घाइते भएका गणेशलाई थप उपचारका लागि सदरमुकाम ल्याउने पहल भइरहेको वडाध्यक्ष हमालले बताए ।

    गएको फागुनमा भैरवी–६ घुम्नेखाली घरमै बसेकी पवित्रा कँडेललाई बँदेलले दायाँ खुट्टाको भाग र हातको औँलामा टोकेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend