logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौँ मेडिकल कलेजले सुदूरपश्चिम र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    काठमाडौँ मेडिकल कलेजले सुदूरपश्चिम र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    559
    Shares
    काठमाडौँ मेडिकल कलेजले सुदूरपश्चिम र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम तथा पहाडी जिल्लाका जनतालाई लक्षित गरी काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड, सिनामंगलले वैशाख १५ गतेदेखि निःशुल्क स्वास्थ्य सिबिरको आयोजना गर्ने भएको छ ।

    प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माको नेतृत्वमा उक्त मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा निःशुल्क स्वास्थ्य सिबिर सञ्चालन गर्न लागिएको कलेजका महाप्रवन्धक तुलसीबहादुर कार्कीले जानकारी दिए ।

    वैशाख १३ गते डोटीको दिपायल, १५ गते बाजुराको पिलुचौर, १७ गते हुम्लाको सर्केघाटमा, १९ गते मुगुको गमगढीमा र २१ ग्ते कालिकोट र जुम्लालाई पाएकपर्ने गरी कालिकोटको नाग्ममा बृहत निःशुल्क स्वास्थ्य शिविर गरिने जनाइएको छ ।

    सरलीकृत गर्ने उद्देश्यका साथ कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्यको पहुँचबाट वञ्चित जनतालाई सेवा पुर्याउने हेतुले उक्त बृहत निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्न लागिएको बताइएको छ । उक्त निःशुल्क स्वास्थ्य शिविरमा सर्वसाधारण नागरिकलाई शिविरमै उपचार हुन सक्ने अबस्थामा त्यहीँ उपचार प्रदान गरिने जनाइएको छ ।

    शिविरमा उपचार हुन नसक्ने र सुविधासम्पन्न अस्पतालमा मात्र उपचार सम्भव हुने मृगौला प्रत्यारोपण, मुटु, हाडजोर्नी, नशासम्बन्धी, प्रसुती तथा स्त्रीरोग जस्ता रोगका गम्भीर अवस्थाका बिरामीहरुलाई काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड, सिनामङगल काठमाडौँमा सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया लगायतका उपचार सेवा निःशुल्क रुपमा उपलब्ध गरिने आयोजकले जनाएको छ ।

    काठमाडौँ मेडिकल कलेजको टोलीले विगत लामो समयदेखि मानवीय सेवाभावलाई केन्द्रमा राखी नेपालका दुरदराजका स्थानहरुमा गरीब तथा विपन्न जनताहरुलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend