logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • नवनियुक्त मन्त्री परियारले लिए शपथ

    नवनियुक्त मन्त्री परियारले लिए शपथ

    1.2K
    Shares
    नवनियुक्त मन्त्री परियारले लिए शपथ

    सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

    रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

    चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले अझै पनि सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् । उनले आफ्नो दलबाट समेत एउटै मन्त्री नियुक्त गर्न सकिरहेका छैनन् ।

    सत्ताको नेतृत्व गरिरहेको एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा मिलेको थिएन्। मंगलबार दुई दलबीच मन्त्रालय भागबण्डाको कुरो मिले पनि सरकारमा कसलाई पठाउने विषयमा दुबै दलबीच विवाद छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend