logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सुनौलो नेपाल समाचार प्रभाव : ८० वर्षमा नागरिकता पाउँदा नोन्जोम कामी खुशी

    सुनौलो नेपाल समाचार प्रभाव : ८० वर्षमा नागरिकता पाउँदा नोन्जोम कामी खुशी

    598
    Shares
    सुनौलो नेपाल समाचार प्रभाव : ८० वर्षमा नागरिकता पाउँदा नोन्जोम कामी खुशी

    सनत हमाल
    मुगु । ८० वर्षको उमेरमा बल्ल नागरिकता पाउँदा मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँकी नोन्जोम कामी खुशीले गदगद भएकी छन् । उनले ८० वर्षको उमेरमा बल्ल आएर आज नागरिकता पाएकी छन् । सुनौलो नेपालले लेखेको समाचार प्रभाबका कारण निजलाई नेपाली नागरिकता पाउन सहज भएको हो ।

    २००० साल वैशाख १२ गते जन्मिएकी कामीलाई २०८१ साल वैशाख १२ गते वुधवार मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नागरिकत प्रमाण पत्र दिएका हुन् । उनको नागरिकता नम्बर ५८–०१–८१–०००४१ को रहेको छ । ३५ वर्ष अघि निजका श्रीमान सोनामतेन्जीन कामीको मृत्यु भएको थियो ।

    विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न २÷३ दिन हिड्नु पर्ने भएपछि जान आउन समस्या र नागरिकताको आवश्यकता बारे जानकारी नहँदा नागरिकता लिन ढिलाइ भएको थियो । जब श्रीमानको मृत्यु भयो घरमा कमाउने मान्छे भएन २ छोरा पाल्न धौ धौ भयो । सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान नहुँदा नागरिकता बनेन ।

    २ छोरा मध्य एक छोराको सिलाजित निकाल्दा लडेर मृत्यु भयो । अर्को छोराको पनि आमाको नागरिकता नभएकै कारण उनको पनि नागरिकता बनेन । छोराबाट २ नातिनी र १ नाति छन । छोरा र मेरो नागरिकता नहुँदा उनीहरुको जन्मदर्ता नबन्दा सरकारले दिने बाल भत्ता समेत नपाएको नोन्जोम कामीले बताइएन ।

    “अब मैले बल्ल नागतिकता पाए छोराको पनि बन्ने भयो”, उनले भनिन्, “नाति नातिनिहरुले पनि भत्ता पाउने भए, अब हामी आधीकारिक रुपमा नेपाली नागरिक भयौँ ।” श्रीमानको नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसुची सहित अन्य कागजातहरु पुगे पछि र ढिला नागरिकता लिनाको कारण बारे विश्वास लाग्दो प्रमाण जुटेपछि निजलाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।

    ८० वर्षमा पनि नागरिकता नबन्दा सिंगो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट बन्चित हुँदै आएको थियो । सुनौलो नेपाल सहित अन्य विभिन्न सन्चार माध्यममा उक्त परिवारको बारे समस्याका विषयमा समाचार प्रकासन तथा प्रसारण भएपछि स्थानीय समाजसेवी सोनाम लामा कार्मारोङ र वडा अध्यक्ष दावासाङवा तामाङले आमाको जिम्मा लिएर सदरमुकाम ल्याएका थिए ।

    सदरमुकाम आएको १७ दिनसम्म सोनाम लामा कार्मारोङले ८० वर्षीया नोन्जोमको नागरिकता सम्वन्धी कागजात जुटाए पछि बल्ल आज उनको नागरिकता बनेको हो ।

    निकै लामो प्रयासपछि बल्ला नोन्जोमले नागरिकता पाईन अब उनका छोराको नागरिकता, नाती, नातिनीहरुको जन्मदर्ता र भत्ता उपलब्धताको प्रकृयामा आफू लाग्ने समाजसेवी लामाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend