logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यसपाली महामारीमा परीयो अर्को साल मात्र नयाँ वर्ष मनाउला

    यसपाली महामारीमा परीयो अर्को साल मात्र नयाँ वर्ष मनाउला

    4.1K
    Shares

    सुरज भुषाल – समय बलवान छ सुख ,दुख , हासो र रोदन त मानवीय गुणनै हो हामी सवैले भोग्नु नै छ । हाम्रो देश मात्र नभएर विश्वनै कोरोनाको संकटमा छ । विगतका बर्ष , समय र दिन फर्कदैन हामीले सोचे जस्तोे पनी त हुदैन हैन र समयले कोल्टे फेरीरहदा यता २०७६ सालले पनी कोल्टे फेर्न लागी सके छ ।

    बिज्ञान प्रविधि र स्वास्थ्यको क्षेत्रमा निकै फड्को मारेका देशहरु समेत संकट ग्रस्त अवस्थामा पुगेका छन । यो अवस्थामा हामीहरु पनी परी रहेका छौ । अघिल्ला वर्षहरुमा ३÷४ महीना भन्दा अगाडी बाटनै नयाँ वर्षका शुभकामना सामाजीक संजालमा आदान प्रदान गर्ने, पारीवारीक जमघट,साथी भाई सँग रमाईलो, नयाँ वर्षको पर्खाइलाई गरीने रात्रीकालीन रमाईलो को साथ गरीने रमझम अघिल्ला अघिल्ला वर्ष नगरीएका होइनन हामीलाई थाहा छ ।

    तर के गर्नु समय चक्र पुथ्वीको उपहास अथवा जैवीक वा दैवीक प्रकोप के भनौ – कोरोनाले धेरैको जिनव लिला समाप्त गर्ने खेल खेलीरहेको छ । नेपालमा भने हाल सम्मको मितीमा त्यस्तो अप्रिय खबर सुन्न परेको छैन र सुन्न पनी नपरोस कामना गरौ तर यो महामारीले दैनीक जिवनमा असहजता ल्याएको छ नै । सडकमा खाने,सडकमा रमाउने एउटा जमात जिवनको अग्नी परीक्षामा छन ।

    कती त बेसाहारा सहाराको खोजीमा छन । विहान बेलुका छाक टार्नको निम्ती दिन रात नभनी दैनीक ज्यालादारी गरी खाने वर्गहरको रोजी रोटी खोसीएको छ र पानीको भरमा जिवन बचाउन बाध्य भैरहेका छन । भने कती त त्यही कर्म थलो छाडी भोक निद्रा केही नभनी कैहौं दिनको पैदल यात्रा तय गरी गाँऊ घर फर्कीरहेको दुखका खबर सामाजीक संजाल तथा मिडीयाहरुमा आईरहेका छन उता जनताको स्वास्थ एवं सुरक्षाको पहरेदार भएर स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी दिन रात नभनी जनताको जिवन रक्षाको निम्ती लडीरहेका छन । यता ७६ ले कोल्टे फेर्दा नयाँ वर्षको आगमन हुन लाग्दा भयभीत अवस्था छ भोली के हुने हो , भोली कसरी चल्ने हो जिवन भनेर चिन्ता व्यक्त हुन थालेको छ यस्तो अवस्थामा पनी कसरी मनाऔं र नयाँ वर्ष ।

    यस्तै यस्तै कुराहरुले पिरोली रहेको छ हामीलाई चिन्तन त मानीसको खजना नै हुन लागीसक्यो यो चिन्ता बाट मुक्त हुनै पर्छ जो जहाँ जे अवस्थामा छौ सहयोग गरौं अवश्य पनी हामी सवै सचेत, विवेकशील र धैर्यवान छौ कामना गरौं हामीले २०७७ साल भव्यताका साथ स्वागत गर्न नसके पनी महामारी मुक्त वर्ष बनेर आहोस अर्को नयाँ वर्षलाई भव्य एंव स्वास्थ्य जिवन शैलीले स्वागत गरौला । यसपाली महामारीमा परीयो अर्को साल मनाऔंला नयाँ वर्ष ।


    अन्त्यमा स्वस्थ रहनु होस घरमा बस्नु होस स्वस्थ एवं दिर्घायु जिवनको सम्पुर्ण नेपाली जनमा नयाँ वर्ष २०७७ सालको हार्दीक मगंलमय शुभकामना ।।। जय नेपाल ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend