logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

    इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

    1.4K
    Shares
    इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहानबाट सुरु हुने भएको छ ।

    यसअघि हिजो राति ११ बजेबाट नै मतगणना गर्ने भनिए पनि मतदान स्थलबाट मतपेटिका गणनास्थलमा लैजान ढिलाइ भएपछि आज बिहान सुरु गर्न लागिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    उनका अनुसार बिहान ७ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ त्यसपछि गणना सुरु हुनेछ ।

    मतगणना इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।

    इलाममा हिजो भएको निर्वाचनमा १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् । यो समग्रमा ६० प्रतिशत हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend