logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • पालिकाबाट सिफारिस लिएका विपन्न, असहाय बिरामीको काठमाडौँ महानगरले निशुल्क उपचार गर्ने

    पालिकाबाट सिफारिस लिएका विपन्न, असहाय बिरामीको काठमाडौँ महानगरले निशुल्क उपचार गर्ने

    988
    Shares
    पालिकाबाट सिफारिस लिएका विपन्न, असहाय बिरामीको काठमाडौँ महानगरले निशुल्क उपचार गर्ने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपालको जुनसुकै पालिकाका अशक्त र गरिब नागरिक बिरामीको उपचार गर्ने भएको छ ।

    महानगरका प्रमुख बालेन शाहले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै देशका जुनसुकै पालिकाका अशक्त र गरिब नागरिक बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार गर्ने जानकारी दिएका हुन् ।

    उनले अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउन अनुरोध गरेका छन् । उनले भनेका छन्- ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ । तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’

    उनले ११८० मा सम्पर्क गर्न सकिने वा काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न भनेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend