logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • अर्थतन्त्र:

    काठमाडौँमा सुरु भयो तेस्रो लगानी सम्मेलन

    काठमाडौँमा सुरु भयो तेस्रो लगानी सम्मेलन

    650
    Shares
    काठमाडौँमा सुरु भयो तेस्रो लगानी सम्मेलन

    काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ ।दुई दिनसम्म चल्ने सो सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।

    प्रधानमन्त्रीले सम्मेलनको उद्घाटन गरेपछि उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे ।

    सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता  सहभागी भएका छन् । सम्मेलनमा नेपालका तीन सय ८५ जनाको सहभागी भएका छन् ।

    यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुने लगानी बोर्डले जनाएको छ ।

    पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँचरपाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चाररचार जनाको सहभागिता रहेको छ ।

    त्यसैगरी, स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीनरतीनजना सम्मलेनका लागि नेपाल आएका छन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ ।

    इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend