logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

    प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

    1.6K
    Shares
    प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ । आइतबार सुन मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ९ गते सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो। जुन मूल्य अहिलेसम्मकै उच्च हो।

    यस्तै चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend