logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • उपनिर्वाचन : इलाम–२ मा मतगणना सुरु

    उपनिर्वाचन : इलाम–२ मा मतगणना सुरु

    3K
    Shares
    उपनिर्वाचन : इलाम–२ मा मतगणना सुरु

    काठमाडौँ । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ ।

    सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मा मतगणना सुरु गरिएको हो ।
    सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    फाकफोकथुम गाउँपालिकाबाट गणना सुरु गरिएको हो । शनिबार भएको मतदानमा सो क्षेत्रमा ५८ प्रतिशत मत खसेको थियो ।

    उक्त क्षेत्रमा नेकपा (एमाले) बाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बू, स्वतन्त्रबाट डकेन्द्रसिंह लिम्बू थेगिमलगायत उमेदवार छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend