logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गर्ने

    चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गर्ने

    1.8K
    Shares
    चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गर्ने

    काठमाडौँ । छिमेकी मुलुक चीनले १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको छ ।

    नेपालस्थित चिनियाँ दूतावासले चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गर्ने निर्णय गरेको जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवद्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिए ।

    उनका अनुसार एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हालै गरेको चीन भ्रमणको क्रममा नेपालीलाई भिसा निःशुल्क गर्न चिनियाँ पक्षलाई आग्रह गरेका बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend