काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो सफलता हात पारेको छ। नेपालका अलराउन्डर कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का किसी कार्टीलाई आउट गरेका छन्।
उनले कार्कीलाई १० रनमा आउट गरेका हुन्। भुर्तेलको बलमा कप्तान रोहित पौडेलले उनलाई क्याच आउट गरेका छन्।
टस जितेर ब्याटिङ गरिरहेको वेष्ट इण्डिजले १४ ओभरको खेल सकिदा ८३ रन जोडेको छ । विश्वकपको तयारी अन्तर्गत कीर्तिपुरमा जारी पाँच दिवसीय टी–२० को दोस्रो खेलमा नेपालका लागि सागर ढकालले दुई विकेट लिएका छन् ।