logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

    वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

    1.2K
    Shares
    वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

    काठमाडौँ । ५ टी २० खेल अन्तर्गतको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै वेस्ट इन्डिज ‘ए’ ले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाएर १६० रन बनायो।

    वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रनको पारी खेल्दा गडाकेस मोटीले नट आउट रहँदै ३३ रन जोडे। कप्तान रोस्टन चेज भने २३ रन बनाएर आउट भए।

    वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २र२ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान १र१ विकेट हात पारे। अबको केही बेरमा नेपाल ब्याटिङका लागि मैदान उत्रने छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend