logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता

    इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता

    3.1K
    Shares
    इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता

    काठमाडौँ । इलाम २ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।

     उनले १ हजार १ सय ४५ मत ल्याएका छन्। उनलाई नेकपा (एमा)  का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले १ हजार ६३ मत ल्याएका छन्।

    स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन्। इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend