logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • जापानमा सुदूरपश्चिमका निरजलाई रजत

    जापानमा सुदूरपश्चिमका निरजलाई रजत

    8K
    Shares
    जापानमा सुदूरपश्चिमका निरजलाई रजत

    ओसाका (जापान) । सुदूरपश्चिमका राष्ट्रिय तेक्वान्दो खेलाडी निरज देउवाले आइतबार २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा नेपालाई रजत पदक दिलाएका छन् ।

    जापानको ओसाका शहरमा रहेको साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा साग स्वर्णधारी ८७ केजी माथि निरज जापानका मिनागावा तोरुसँग १२–८, ६–४ ले हारे ।

    निरजले पनि दोस्रो चरणमा अग्रता बनाए पनि अन्तिम समयमा सम्हाल्न नसक्दा आफूभन्दा निकै अगल जापानी खेलाडीसँग पराजय वेहोरेका हुन् । जापान वाटाको आयोजना तथा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोगमा आयोजित दुई दिने प्रतियोगितामा २४ देशको सहभागिता रहेको थियो ।

    निरज ले यस भन्दा अगाडि पनि कोरिया मा रजत पदक दिलाएका थिए र थुप्रै देशमा गेम खेल्न सहभागिता रहेको थियो । उनि डडेल्धुरा जिल्ला गन्यापधुरा गाँउपालिका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend