logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • इलाम उपनिर्वाचन अपडेट : एमालेका सुहाङ नेम्वाङको अग्रता

    इलाम उपनिर्वाचन अपडेट : एमालेका सुहाङ नेम्वाङको अग्रता

    3.6K
    Shares
    इलाम उपनिर्वाचन अपडेट : एमालेका सुहाङ नेम्वाङको अग्रता

    काठमाडौँ । इलाम २ को उपनिर्वाचनको मतगणना जारी रहँदा अहिले नेकपा (एमाले) का सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ को मतगणना गर्दा  सुहाङ नेम्वाङले अग्रता लिएका हुन् ।

    वडा नं १,२ र ३ नम्बरमा कांग्रेसका डम्बरले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका छन् । वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २५४२ मत पाएको छ भने कांग्रेसले २१९७ मत पाएको छ ।

    यसैगरी स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन् । कुल ४२ मध्ये ४ वटा वडाको मतगणना सम्पन्न भएको छ ।

    फाकफोकथुम १,२,३,४ जम्मा वडाको ५ हजार ७७८ मत गणना भएको हो । अहिले फाकफोकथुमनको वडा नम्बर ५ को मतगणना जारी रहेको जनाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend