logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बैङ्किङ कसुर मुद्दामा फरार जुगल गाउँपालिका- ७ का वडाध्यक्ष पक्राउ

    बैङ्किङ कसुर मुद्दामा फरार जुगल गाउँपालिका- ७ का वडाध्यक्ष पक्राउ

    2.5K
    Shares
    बैङ्किङ कसुर मुद्दामा फरार जुगल गाउँपालिका- ७ का वडाध्यक्ष पक्राउ

    सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।

    उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

    प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

    उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो ।

    प्रहरीको फरार सूचीमा रहेका तामाङलाई आइतबारनै पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend