logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • व्यवसायी राजेन्द्र शाक्य र सुकुन्तलाल हिराचनबीच किष्ट मेडिकल कलेजको सेयर विवाद उत्कर्षमा

    व्यवसायी राजेन्द्र शाक्य र सुकुन्तलाल हिराचनबीच किष्ट मेडिकल कलेजको सेयर विवाद उत्कर्षमा

    43.1K
    Shares
    व्यवसायी राजेन्द्र शाक्य र सुकुन्तलाल हिराचनबीच किष्ट मेडिकल कलेजको सेयर विवाद उत्कर्षमा

    काठमाडौं । किष्ट मेडिकल कलेजको स्वामित्वको विषयलाई लिएर दुई व्यवसायीक घरनाबीचको विवाद चर्किएको छ । गुण ग्रुप र युनाइटेड बिल्डर्सका सञ्चालकबीच किष्ट मेडिकल कलेजको स्वामित्व विवाद अहिले कम्पनी रजिष्ट्रारको कार्यालयसम्म पुगेको छ ।

    युनाइटेड बिल्डर्सका सञ्चालकद्धय पूर्णलाल हिराचन र सुकुन्तलाल हिराचन सिस्को कर्पोरेट प्रालिका सञ्चालक राजेन्द्र शाक्यबीच कलेजको स्वामित्वलाई लिएर विवाद बढेको हो।

    पूर्णमान र सुकुन्तलालले सिस्कोको सञ्चालक राजेन्द्र शाक्यले किस्ट मेडिकल कलेजको वार्षिक साधारणसभा र विशेष साधारणसभा गर्दा आफूहरुलाई जानकारी नदिने गरेको आरोप लगाएका छन् । यस्तै शाक्यले कलेजको आर्थिक हिसावकिताव पारदर्शी नबनाएको आरोप उनीहरुको छ ।

    कलेजमा संस्थागत सुशासन कायम नगरेको र सेयरधनीको हितविपरितको काम गरेको आरोप पूर्णलाल र सुकुन्तलालको छ । पूर्णलाल र सुकुन्तलालले कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गराइ समान स्वामित्व र सोही सेयर अनुपातका आधारमा सञ्चालक संख्या कायम गराउन माग गरेका छन् ।

    पूर्णलाल र सुकुन्तलालले उजुरी दिएपछि कम्पनी रजिष्टार कार्यालयले राजेन्द्र शाक्यलाई लिखित प्रमाणसहित एक साताभित्र आफू आइ वा प्रतिनिधि पठाइ हाजिर हुन भनेको छ ।

    यदी प्रमाण पेश नगरेमा कानुन बमोजिम हुने र त्यस विषयमा कुनै उजुरी नलाग्ने जानकारी कार्यालयले शाक्यलाई दिएको छ । कार्यालयले यसअघि पनि बोलाउदा नआएको जनाएको छ ।

    किष्ट मेडिकल कलेज २०६२ मा स्थापना भएको हो । मेडिकल कलेजमा ३ सय बेडको अस्पतालका साथै बेग्लै डेन्टल हस्पिटल पनि सञ्चालनमा छ । त्रिभुवन विश्वविद्यालबाट मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन प्राप्त किस्ट ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलमा छ ।

    शाक्यको गुण एयरलाइन्स, गुण सिनेमा, गुण कोलोनीका साथै एपिवान टेलिभिजन, काठमाडौं इन्जिनियरिङ कलेज,नेपाल फाइनान्स लिमिटेड, युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड र द म्यासिफ होटलमा लगानी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend