logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • लगानी गर्न विश्व बैंक र एसियाली विकास बैंकका उपाध्यक्षलाई ऊर्जामन्त्री बस्नेतको आग्रह

    लगानी गर्न विश्व बैंक र एसियाली विकास बैंकका उपाध्यक्षलाई ऊर्जामन्त्री बस्नेतको आग्रह

    702
    Shares
    लगानी गर्न विश्व बैंक र एसियाली विकास बैंकका उपाध्यक्षलाई ऊर्जामन्त्री बस्नेतको आग्रह

    काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो अरुण, दूधकोशी र नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न विश्व बैंक र एसियाली विकास बैंकका उच्च पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

    यी तीनवटै आयोजना निर्माणमा जान ठिक्क परेका आयोजना भएकाले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन मन्त्री बस्नेतले आग्रह गर्नुभएको हो । एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणमा विश्व बैंक, एसियाली विकास बैङ्कलगायतले सहवित्तीयकरणमा लगानी गर्ने तयारी गरेका छन् ।

    यस्तै, छ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलविद्युत् आयोजनामा एसियाली विकास बैंकले लगानीका लागि प्रतिबद्धतत जनाएको छ । चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनामा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले लगानीका लागि प्रारम्भिक इच्छा व्यक्त गरेको भए पनि प्रक्रिया अगाडि बढेको थिएन ।

    विश्व बैंक र एसियाली विकास बैंकका उपाध्यक्षलगायत अधिकारीलाई मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून भए पनि त्यसबाट सबैभन्दा बढी प्रभावित भएकाले सहुलियतपूर्ण ऋण र जलवायु कोषबाट प्राथमिकता पाउनुपर्ने बताए ।
    मन्त्री बस्नेतले नेपालको ऊर्जा उत्पादनमा भौगोलिक सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पनि ती आयोजना आवश्यक रहेको तथ्य पेस गर्दै लगानीका लागि आग्रह गर्नुभयो ।

    जवाफमा विश्व बैंक र एसियाली विकास बैंकका उपाध्यक्षलगायत अधिकारीले नेपालको आवश्यकतालाई सम्बोधन गर्ने गरी सहुलियतपूर्ण ऋण, व्यवसायीय ऋण वा अन्य कुनै वित्तीय उपकरणमार्फत आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका थिए ।

    लगानी सम्मेलनमा सहभागी हुन आएका विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजर र एसियाली विकास बैंकका उपाध्यक्ष यिङ मिङ यान लगायत अधिकारीले आज ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ता गरेका थिए । रासस

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend