logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • उपनिर्वाचनको परिणामले एमाले नै देशको बलियो र निर्णायक शक्ति हो भन्ने पुष्टी गर्यो : उपसचिव चानक पोखरेल

    उपनिर्वाचनको परिणामले एमाले नै देशको बलियो र निर्णायक शक्ति हो भन्ने पुष्टी गर्यो : उपसचिव चानक पोखरेल

    3.1K
    Shares
    उपनिर्वाचनको परिणामले एमाले नै देशको बलियो र निर्णायक शक्ति हो भन्ने पुष्टी गर्यो : उपसचिव चानक पोखरेल

    काठमाडौँ – नेकपा एमाले निकट प्रवासी नेपाली मंच अन्तराष्ट्रीय कमिटीका उपसचिव चानक पोखरेलले इलाम र बझाङको उपनिर्वाचनको परिणामले एमाले नै बलियो र निर्णायक राष्ट्रिय शक्ति हो भन्ने कुरा जनताले पुन स्थापित गरेको बताएका छन् ।

    सुनौलो नेपालसंगको कुराकानीमा कतारमा बसोवास गर्ने प्रवास प्रचार बिभाग प्रमुख समेत रहेका पोखरेलले भने ‘एमाले बिरुद्ध अनेक षड्यन्त्र हुँदा पनि जनताले आफ्नो आशा भरोशा र देशको प्रमुख शक्ति मानेको कुरालाई दुई निर्वाचनको परिणामले पुष्टी गरेको बताएका हुन्।

    जनतामा रहेको बिकास र सम्बृद्धीको भोकलाई एमालेको अहिलेको नेतृत्वले मात्र पुरा गर्न सक्छ भन्ने आशा जीवित रहेको संदेश समेत अहिलेको मत परिणामले दिएको भन्दै एमालेको संगठनात्मक क्षमता र जनमत प्रति उसको बिश्वास समेत जनताले मर्न नदिएको उनले बताए।

    पोखरेलले भने बैकल्पिक शक्ति भनेर आफुलाई प्रसार गर्नेहरुले जमानत समेत जोगाउन नसक्ने स्थिति बन्नु निकै लज्जास्पद भएको भन्दै जनताको बिश्वास पुन एकपटक स्थापित दलहरु प्रति देखिएको बताए । तर स्थापित दलहरुले आफ्नो कार्यशैली र जनताको भावनाको कदर गर्न जरुरी छ । सरकार संचालनका क्रममा बिगतमा भएका गल्तीहरुबाट पाठ सिकेर हिड्न नसके त्यसको सजाय समेत स्थापित दलहरुले पाउने दाबी उनले गरे।

    अहिलेको निर्वाचन परिणामले परदेशमा रहेका एमालेजनहरुको समेत मनोवल उच्च बनेको बताउंदै एमालेको बिजयी यात्रा आगामी ८४ सालको निर्वचन सम्म कायम राख्न आफुहरुले भरमग्दुर प्रयास गर्ने समेत उनले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend