logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • वाइवाइको गुणस्तरबारे भ्रामक प्रचारबाजी गर्नेविरुद्ध कानूनी उपचार खोज्ने सिइओ पुडासैनीको चेतावनी

    वाइवाइको गुणस्तरबारे भ्रामक प्रचारबाजी गर्नेविरुद्ध कानूनी उपचार खोज्ने सिइओ पुडासैनीको चेतावनी

    884
    Shares
    वाइवाइको गुणस्तरबारे भ्रामक प्रचारबाजी गर्नेविरुद्ध कानूनी उपचार खोज्ने  सिइओ पुडासैनीको चेतावनी

    काठमाडौं । वाइवाइ चाउचाउका प्रमुख कार्यकारी निर्देशक प्रदीप पुडासैनीले तथ्यहीन र भ्रामक कुरा लेख्ने तथा भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्नेहरुविरुद्ध कानूनी कारबाहीमा जाने चेतावनी दिएका छन् ।

    पुडासैनीले वक्तव्यमा भनेका छन् वाइ वाइ चाउचाउको गुणस्तरका विषयमा आधारहीन,भ्रामक र तथ्यहीन कुराहरू लेख्ने,बोल्ने र भिडियो बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैरकानूनी कार्य हो । यस्तो काम गर्नेहरुविरुद्ध प्रचलित कानून बमोजिम कारबाही गरिने जानकारी गराइन्छ ।

    वाइ वाइ चाउचाउको गुणस्तरबारे भ्रामक र तथ्यहीन कुराहरू सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुविरुद्ध साइबर ब्युरोलगायत निकायमार्फत कानूनी कारबाहीमा जाने पुडासैनीले बताएका छन् ।

    वाइवाइको गुणस्तरबारे सरकारले जतिबेला पनि अनुगमन र नियमन गर्ने र त्यो प्रक्रिया पनि सधैँ चलिरहेको भन्दै गलत प्रचार स्वीकार्य नहुने उनले बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend