logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, गोली लागेर १ घाइते

    प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, गोली लागेर १ घाइते

    3.9K
    Shares
    प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, गोली लागेर १ घाइते

    झापा । लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा दोहोरो भिडन्त भएको छ। भिडन्तमा प्रहरीको गोली लागेर १ कारोबारी घाइते भएका छन्।

    झापा गाउँपालिका वडा नम्बर ६ स्थित नेपाल–भारत सीमानजिकै लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको हो। पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको, तैपनि प्रहरीमाथि आक्रमण भएपछि १ राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको ब्युरोका एसएसपी गोविन्द थपलियाले बताए।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दका अनुसार घाइते हुनेमा करिब ३२ वर्षका अब्दुक सरिक मियाँ रहेका छन्। उनको खुट्टामा गोली लागेको बताइएको छ।

    पक्राउ परेका कारोबारीबाट १ सय ३० ग्राम खैरो हेरोइन र १ थान खुकुरीसमेत बरामद भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend