logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आर्थिक वृद्धि ३.८७ प्रतिशत, अर्थतन्त्रको आकार बढेर पुग्यो ५७ खर्ब

    आर्थिक वृद्धि ३.८७ प्रतिशत, अर्थतन्त्रको आकार बढेर पुग्यो ५७ खर्ब

    728
    Shares
    आर्थिक वृद्धि ३.८७ प्रतिशत, अर्थतन्त्रको आकार बढेर पुग्यो ५७ खर्ब

    काठमाडौं । चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ३.८७ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्याँक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क मुलुकको आर्थिक वृद्धि ४ प्रतिशत नजिक पुग्ने अनुमान गरेको हो ।

    चालू आर्थिक वर्षको बजेटमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।सरकारको लक्ष्य पुरा नहुने अवस्था देखिएको कार्यालयले सार्वजनिक गरेको अनुमानले देखाएको छ । यस्तै दातृ निकाय एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकले पनि ४ प्रतिशत हारहारीमा आर्थिक वृद्धि हुने अनुमान गरेका छन् ।

    आधारभूत मूल्यको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०७९/०८० मा २.३१ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ। त्यसैगरी, अन्तिम तथ्याङ्कअनुसार आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७८०/७९ मा ५.२८ प्रतिशत कायम गरिएको कार्यालयले जनाएको छ।

    कार्यालयका अनुसार नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष अर्थतन्त्रको आकार ४८ खर्ब ५३ अर्ब रुपैयाँ थियो । एक वर्षमा अर्थतन्त्रको आकार साढे ८ खर्ब रुपैयाँ बढेको छ ।गत आर्थिक वर्ष २०७९/०८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रहने अन्तिम विवरण सार्वजनिक गरिएको छ।

    ६ देखि ८ महिनाको वास्तविक तथ्याँक र बाँकी अवधिको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरिएको कार्यालय प्रमुख अर्जुन पोखरेलले बताए ।

    चालू आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ। संशोधित विवरण अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा कृषि क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहने अनुमान गरिएको छ।

    त्यसैगरी, अन्तिम विवरणअनुसार आर्थिक वर्ष ०७८०/७९ मा कृषि क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६.५४ प्रतिशत कायम हुने तथ्याङ्क सार्वजनिक गरिएको छ। समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरि प्रमुख तीन समूहमा विभाजन गरेर समेत अध्ययन गर्ने कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.०३ प्रतिशत, १.२० प्रतिशत र ४.५० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

    संशोधित विवरणअनुसार गत आर्थिक वर्ष २०७९/०८० मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.७२ प्रतिशत, १.४० प्रतिशत र २.३६ प्रतिशत रहने अनुमान गरिएको छ। त्यसैगरी, अन्तिम विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.५० प्रतिशत, १०.७९ प्रतिशत र ५.३२ प्रतिशत कायम हुने तथ्याङ्क सार्वजनिक गरिएको छ।

    चालू आर्थिक वर्ष २०८०/०८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २४.६ प्रतिशत, १२.५ प्रतिशत र ६२.९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०७९/०८० मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २४.४ प्रतिशत, १३.१ प्रतिशत र ६२.५ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान गरिएको कार्यालयले जनाएको छ ।

    त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २५ प्रतिशत, १३.७ प्रतिशत र ६१.३ प्रतिशत योगदान पुर्याउने अन्तिम तथ्याङ्क सार्वजनिक गरिएको छ।

    कार्यालयको अनुसार कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र र सेवा क्षेत्रको योगदान गत आर्थिक वर्षको तुलनामा सिमान्त रूपमा बढेको देखिन्छ । द्वितीय क्षेत्रको योगदानमा गत आर्थिक वर्ष सिमान्त रूपमा घटेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ मा ३६.१५ प्रतिशत कुल राष्ट्रिय बचत हुने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०७९/०८० मा ३३.७९ प्रतिशत कुल राष्ट्रिय बचत हुने संशोधित अनुमान गरिएको छ।

    आर्थिक वर्ष २०७८/०७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा २९.६३ प्रतिशत कुल राष्ट्रिय बचत भएको छ। यस्तै रेमिट्यान्स चालू आर्थिक वर्ष २०८०/०८१ मा २२.९६ प्रतिशत प्राप्त हुने प्रारम्भिक अनुमान छ। गत आर्थिक वर्ष २०७९/०८० मा २२.८२ प्रतिशत विप्रेषण प्राप्त संशोधित अनुमान गरिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend