logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेपालीको औसत आम्दानी बढेर पुग्यो १४५६ डलर

    नेपालीको औसत आम्दानी बढेर पुग्यो १४५६ डलर

    2.5K
    Shares
    नेपालीको औसत आम्दानी बढेर पुग्यो १४५६ डलर

    काठमाडौं । नेपालीको औसत आम्दानी बढेको छ। प्रतिव्यक्ति औसत आम्दानी बढेर १ हजार ४ सय ५६ डलर पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष नेपालीको प्रतिव्यक्ति औसत आम्दानी १ हजार ४ सय ५ डलर रहेको थियो । चालु आर्थिक वर्षमा ५१ डलर बढेको कार्यालयले जनाएको छ।

    अर्थतन्त्रको आकार बढेसँगै नेपालीको औसत आयमा सुधार आएको हो । कार्यालयका अनुसार नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष अर्थतन्त्रको आकार ४८ खर्ब ५३ अर्ब रुपैयाँ थियो । एक वर्षमा अर्थतन्त्रको आकार साढे ८ खर्ब रुपैयाँ बढेको छ ।

    गत आर्थिक वर्ष २०७९/०८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रहने अन्तिम विवरण सार्वजनिक गरिएको छ

    चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ३.८७ प्रतिशत हुने भएको छ । चालू आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।

    सरकारको लक्ष्य पुरा नहुने अवस्था देखिएको कार्यालयले सार्वजनिक गरेको अनुमानले देखाएको छ । यस्तै दातृ निकाय एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकले पनि ४ प्रतिशत हारहारीमा आर्थिक वृद्धि हुने अनुमान गरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend