logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्यो : मन्त्री गिरी

    उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्यो : मन्त्री गिरी

    793
    Shares
    उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्यो : मन्त्री गिरी

    काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनले मत परिणामले राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्नेकुराको संकेत गरेको बताएका छन् ।

    मंगलवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री गिरीले इलाम र बझाङमा भएको उपनिर्वाचनको मत परिणामले दलहरु बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताएका हुन् ।

    उनले राजनीतिक स्थायित्व नहुँदा विकास, सुशासन र समृद्धिका एजेन्डाहरु ओझेलमा परेका भन्दै यसको समाधान राजनीतिक स्थायित्वबाट मात्रै हुने बताए ।

    उनले उपनिर्वाचनले राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताए। उनले माओवादी केन्द्रसँगको गठबन्धनका कारणपनि इलाममा भारी मतान्तरले जित्न सकिएको बताए ।

    उनले भने– ‘नेपाली जनतामा नेकपा(एमाले) यो देशको समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि नेकपा(एमाले) नै भरपर्दो र बलियो शक्ति हो भन्ने कुरा यसले फेरीपनि पुष्टि गरेको छ । माओवादी केन्द्रको मतले गर्दाखेरी पनि अझै भारी मतान्तरले जित्नका लागि योगदान पुगेको छ ।

    मुलुकमा राजनीतिक स्थायित्वका निम्ति दलहरु बलियो बन्नुपर्छ भन्नेकुरा यसले संकेत गरेको छ । समय–समयमा सरकार परिवर्तन भइराख्ने, कुनै काम पनि सही ढंगले अगाडी बढ्न नसक्ने ।

    विकास, सुशासन, समृद्धिका एजेण्डाहरु सधैभरी ओझेलमा पर्ने जुनखालको परिस्थिति छ, यसको समाधान देशमा राजनीतिक स्थायित्वबाट मात्रै हुन्छ । त्यसकालागि राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्नेकुरा यसले संकेत गर्छ ।

    अहिलेको मत थिग्रिँदै गएर दुई, तिनवटा धारहरु नै मुल प्रवाहको रुपमा रहने अवस्था बन्नसक्छ भविष्यमा ।मन्त्री गिरीले अहिलेको निर्वाचनमा प्राप्त मतहरु थिगिँ्रदै गएर भविष्यमा दुई, तीनवटा धारहरु मात्रै मुल प्रवाहमा रहने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend