logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंमा भोलिबाट सीप मेला आयोजना, १ महिनामा २०८१ जनालाई रोजगारी दिने उल्लेख

    काठमाडौंमा भोलिबाट सीप मेला आयोजना, १ महिनामा २०८१ जनालाई रोजगारी दिने उल्लेख

    1.2K
    Shares
    काठमाडौंमा भोलिबाट सीप मेला आयोजना, १ महिनामा २०८१ जनालाई रोजगारी दिने उल्लेख

    काठमाडौँ । महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा भोलि (वैशाख १९ गते) बाट सो मेलाको आयोजना गर्ने भएको हो । मंगलवार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोडने उद्देश्य रहेको बताइन् । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उहाँले स्पष्ट पारीन् ।

    उपमेयर डंगोलले भनीन्, ‘सीप मेला । सिप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै हामीले कम्तिमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने हामीले उद्देश्य लिएका छौं ।

    त्यो उद्देश्य स्वरुप सीप मेला भने भोली शुभारम्भ हुँदैछ । र त्यसको साथसाथै हामीले शिक्षा बढेका कुराहरुलाई सीपसँग जोड्नुपर्छ । र सीपलाई भने श्रमसँग जोड्नुपर्छ । र श्रमलाई बजारसँग जोड्नुपर्छ ।

    यसरी जोडदै जानुपर्छ भनेर सीप मेलाको अवधारण अघि सारेका छौं । र त्यसबाट भने हामीले तीन वटा मुख्य कामलाई प्राथमिकतामा राखेका छौं ।’

    मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् । सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend