logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन् : सांसद खतिवडा

    उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन् : सांसद खतिवडा

    2.3K
    Shares
    उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्  : सांसद खतिवडा

    काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा काँग्रेस र एमाले नै मुलधारका पार्टीहरु हुन् भन्ने प्रमाणित गरेको बताएका छन् ।

    मंगलवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा काँग्रेस र एमाले नै मुलधारका पार्टी हुन् भन्ने प्रमाणित गरेको बताएका हुन् ।

    उनले निर्वाचनले धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको टिप्पणी गरे । उनले ईलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जितेको बताए । उनले उपनिर्वाचनबाट काँग्रेस, एमाले स्थापित भएका र चटकेहरु साइडमा आएका बताए । सांसद खतिवडाले २०८४ सालसम्म चटकेहरु ठिक हुने टिप्पणी गरे ।

    उनले भने– ‘निर्वाचन परिणाम आइसक्यो । राम्रो भएको छ । अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको छ । नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरु नेपाली काँग्रेस र नेकपा (एमाले) नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने अहिले प्रमाणित गरेको छ ।

    हिजो हाम्रो गठबन्धन थियो थोरै मतले पराजित भएका थियौँ । अहिले गठबन्धनले जितेको छ, इलामको चुनावमा हामी कमजोर भएका छैनौँ । काँग्रेस त्यहाँ कमजोर छैन ।

    उनीहरुको माओवादी केन्द्र, नेपाल परिवार दल, नेपाल कम्युनिस्ट पार्टी सबैसँग महागठबन्धन नै थियो । महागठबन्धनले जितेको छ । हामी एक्लै सम्मानजनक रुपमा छौँ ।

    नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ । दुई वटा पार्टी स्थापित भएका छन् । अहिले चटकेहरु बिस्तारै साइडमा आएका छन् । ०८४ सालसम्म चटके ठिक हुन्छन् ।’उनले हार व्यहोरेपनि नेपाली काँग्रेसको मत कमजोर नभएको बताए । सम्मानजनक मत आएको उनको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend