logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • क्रेस्ट माइक्रो लाइफले साढे २२ करोडको आइपिओ ल्याउने, बिक्री प्रवन्धकमा एनआइएमबी

    क्रेस्ट माइक्रो लाइफले साढे २२ करोडको आइपिओ ल्याउने, बिक्री प्रवन्धकमा एनआइएमबी

    806
    Shares
    क्रेस्ट माइक्रो लाइफले साढे २२ करोडको आइपिओ ल्याउने, बिक्री प्रवन्धकमा एनआइएमबी

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स आइपिओ निष्कासन गर्ने पहिलो लघु जीवन बिमा कम्पनी भएको छ ।

    कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । सेयरको अंकित मूल्य १०० रुपैयाँ छ । आइपिओ निष्काशन गर्न क्रेस्ट माइक्रोले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ

    न्यून आय भएका एवम पिछडिएका क्षेत्रका वासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बिमा सेवा पुर्याउने लक्ष्य लिई क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले २०८० जेठ ८ गते लघु जीवन बिमा व्यवसाय गर्न नेपाल बिमा प्राधिकरणबाट इजाजत पाएको थियो । कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७० प्रतिशत छ । सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३० प्रतिशत स्वामित्व रहनेछ ।

    सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट सिइओ शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend