logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पशुपतिको जलहरी प्रकरणमा मुछिएका तत्कालीन सदस्यसचिव थापासहित सबैले पाए सफाइ

    पशुपतिको जलहरी प्रकरणमा मुछिएका तत्कालीन सदस्यसचिव थापासहित सबैले पाए सफाइ

    1.8K
    Shares
    पशुपतिको जलहरी प्रकरणमा मुछिएका तत्कालीन सदस्यसचिव थापासहित सबैले पाए सफाइ

    काठमाडौं । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका सबैलाई सफाइ दिएको छ ।

    विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको अदालतका शाखा अधिकृत सागर ढकालले बताए ।

    पशुपतिमा सुनको जलहरी राख्दा सुन हिनामिना गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १४ गते तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    जलहरी राख्ने क्रममा डेढ किलो सुन हिनामिना भएको दावी अख्तियारले गरेको थियो । अख्तियारले तीनै जनामाथि १ करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

    कोषले नेपाल राष्ट्र बैंकबाट १ सय २ किलो ६१४ ग्राममात्रै शुद्ध सुन खरिद गरेको थियो । जलहरी निर्माणमा १ सय किलो ८५ ग्राममात्रै शुद्ध सुन फरक परेको थियो ।

    भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै निलम्बनमा परेका थापासँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालतले मागेको धरौटी बुझाएर थापा गत पुस २५ गते नै रिहा भएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend