logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो, पेट्रोल र एलपी ग्यासको यथावत

    डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो, पेट्रोल र एलपी ग्यासको यथावत

    15.3K
    Shares
    डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो, पेट्रोल र एलपी ग्यासको यथावत

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।

    निगमले डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ५९ रुपैयाँ तोकेको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ ।

    निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ ।

    इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ ।

    मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक०को मूल्य प्रतिलिटर १ सय ३७ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend