logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • कीर्तिपुरमा नेपालले आज वेस्ट इन्डिजविरुद्ध तेस्रो खेल खेल्दै

    कीर्तिपुरमा नेपालले आज वेस्ट इन्डिजविरुद्ध तेस्रो खेल खेल्दै

    1.7K
    Shares
    कीर्तिपुरमा नेपालले आज वेस्ट इन्डिजविरुद्ध तेस्रो खेल खेल्दै

    काठमाडौं । नेपालले आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल खेल्दै छ ।

    दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल र वेस्ट इन्डिजको बुधबार तेस्रो प्रतिस्पर्धा हुन लागेको हो।

    खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

    शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपालले आइतबार भएको दोस्रो खेलमा १० रनले पराजित भएको थियो।

    विश्वकप अगाडि नेपालले वेस्ट इन्डिसँगको पाँच खेलको टी २० सिरिज खेल्दै छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend