logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महेश बस्नेत विरुद्ध विष बमन गर्नेहरुलाई मेरा दुई शब्द

    महेश बस्नेत विरुद्ध विष बमन गर्नेहरुलाई मेरा दुई शब्द

    4K
    Shares

    मुलुकमा अस्थीरताको कालो बादल मडारिदै गर्दा, जनता आहत भएको बेला युवाहरुको देश छोड्ने ताती बढ्दै गर्दा यो देशका तमाम युवाहरुलाई आशाको दियो बाल्ने, यो देशमा पनि केही गर्न सकिन्छ र हुन्छ भन्ने युवाहरुको ढुकढुकी हुन् र अझैपनि छन् युवा नेता तथा सांसद महेश बस्नेत।

    राजनैतिक रूपमा मुलुक अस्तव्यस्त हुँदा युवाहरुको बाघडोर समातेर युवाहरुमा न्याय र समानताको पाठ सिकाउँदै सिंगो पार्टी पुर्व नेकपा एमाले र हाल नेकपालाई यो स्थानसम्म ल्याउने योद्धा बस्नेतले जती योगदान गरे त्यो नेपाली युवाहरुमा अरु कसैले गर्यो भन्ने भ्रम कसैलाई छ भने त्यो दिवा सपना मात्र हुन्छ।

    जसरी ति कठिन कालखण्डहरुमा नेपाली जनताको लागी लड्दै आउनुभएका हालका प्रधानमन्त्री केपी ओलीलाई आक्रमण गर्न एउटा भित्री झुण्ड निर्माण भएको छ र नियोजित रुपमा जुन भ्रम सिर्जना गर्न खोजिएको छ । तार्किक रुपमा ठोस विरोध गर्ने विषय वस्तु नपाए पछि कपोल कल्पित र भ्रामक बिष बमन गर्नेहरुको अर्को एउटा झुण्ड महेश बस्नेत माथी पनि लागेका छन् ति हुतियाराहरु विरुद्ध आज केही लेख्न मन लाग्यो ।

    म दावाका साथ भन्न सक्छु आज नेकपा जुन स्थानमा छ र जुन नेत्रित्व स्थापित भएको छ यो प्रक्रियाको मुल हिस्सेदार मध्यका महत्त्वपूर्ण ब्याक्ति महेश बस्नेत पनि हुन। संझनुहोस् जुन समयमा पार्टी आम निर्वाचनमा तेस्रो स्थानमा आयो धरैे ठाउँमा जितको खुसी मनाउनबाट चुक्यो र पार्टी नेता कार्यकर्ता माथीको हमला कतै हत्या जस्ता अराजक घटना बढ्दै गर्दा पार्टी कार्यकर्ता र आम नागरिकको सुरक्षा हामी गर्छौ र त्यसको म नेतृत्व गर्छु भनेर लाखौको भिडबाट स्थापित भएको व्यक्ति बस्नेत हुन् ।

    तमाम युवाहरुलाई सकारात्मक बाटो देखाउदै राजनितीक चेतना अभिवृद्धी गर्दै रचनात्मक काम गरेर बाटो विराएकाहरुलाई सहि मार्गदर्शन गर्ने अदभूत क्षमता र नेतृत्व कला देखाएर लाखौं युवाहरूको प्रेरणाको स्रोत बनेर युवा आन्देलन उनैले हाँके ।

    हो, केही सहयोद्धाहरु आन्दोलनमा बाटो बिराएर वा क्षमता र नेतृत्व कलाको अभावमा विलय पनि भए होलान् कोही नेतृत्व तहसम्म स्थापित भए होलान् । त्यसको तात्विक परिणाम तत्कालिन नेकपा एमालेले दोस्रो संविधान सभाको चुनावमा देखियो, युवाहरुको सांगठनिक विस्तार सकारात्मक राजनितिक सोच र नेत्रित्व र महेश बस्नेतको परिश्रम, धैर्यता र कार्यकुशलताले त्यो परिणाम आएको हो भनेर नकार्न सकिन्न । महेश बस्नेतलाई प्र.म. केपी ओलीको मान्छे वा प्रो केपी भनेर चित्रण गर्दै आक्रमण गरेको देख्दा उद्धेक लागेर आउछ ।

    हिजो पार्टीकोे नेतृत्व लिने कमाण्डरहरु माधव नेपाल, झलनाथ खनाल माथि अक्रमण गर्दा पनि महेश बस्नेत ढाल बनेर तिनै बस्नेतले सुरक्षा गरे । तसर्थ यो पनि सत्य होकि उनी नेतृत्वको रक्षा गर्ने कवज हुन । पार्टीको ९ औं माहधिवेशनबाट केपी ओलीलाई अवको नेतृत्व दिनु नै सही हो र यसबाट नै राजनितीक निकास निस्कन्छ भन्ने आकलन गर्नु र केपी ओलीको रक्षा कवज बन्नु महेश बस्नेतको राजनितीमा बुद्धीमत्तापुर्ण खेल मान्दा हुन्छ । जसको परिणाम दुई कम्युनिष्ट पार्टीको एकता चुनावी सफलता सरकारको नेतृत्व र सरकारका सुखि नेपाली समृद्ध नेपाल यी आज हामीले गरेका प्राप्ति हुन।

    आज जसरी मुल पार्टी केपी ओली माथी आफ्नैले हमला गरेर घेरा बन्दीमा पारेका छन् । घुम्तीघुम्तीमा चक्कु हान्ने प्रयास भएको छ र नेकपाको सरकार माथी सफल असफल एम्बुस आक्रमणबाट केही पाठ सिकेर ठाउँठाउँमा बंकर खनेर हिजो त्यही अन्दोलनका केही लालचीहरुलाई बच्चालाई जस्तो ललिपप देखाएर आक्रमण गर्न खोजिएको छ । महेश बस्नेत बिरुद्धको कपोल कल्पित समचारका बाछिट्टाहरु त्यसैका परिणाम हुन् ।

    र एक जननिर्वाचित प्रतिनिधिमाथी उसले गरेको विकास निर्माणमा जुन किसीमको डाहाको भावले विष बमन गराएको छ यो त केवल आरक्ष रुपी सन्तुष्टी मात्र हो विकास निर्माणको भैतिक सन्तुष्टी प्राप्तिको भोग गरीरहेका भक्तपुरवासीलाई त्यसको महत्त्व थाहा होला ।

    जसको दैनिक जीवन नै झ्याल ढोका बाट छिर्ने र भ्रम फैलाएर टिक्ने हुन्छ उनिहरुकै दिमागमा कहाँ झ्याल ढोका खुला छ छैन भन्ने कुराले भर गर्छ किनकी उनिहरुलाई यस्तै कुराले प्रभाब पर्छ । सुस्पष्ट बिचार र क्लियर वेब लेन्थ मिल्नेहरुलाई न झ्याल ढोका ले छेक्छ न कुनै अग्ला फलामे गेट ले । यि कुरा समयले आँफै प्रमाणित गर्दै जानेछन ।

    वास्तवमा भन्ने हो भने युवा आन्दोलन को जबर्जस्त ब्राण्ड हो महेश बस्नेत,दयाल शाही दाई को शब्द सापटी लियर भन्नु पर्दा चिसो भने कै कोकाकोला भने जस्तै युवा भनेकै महेश बस्नेत भन्ने ट्रेण्ड नेपाली युवा आन्दोलनमा गहिरो छाप बनी बसेको छ । स्पश्ट बिचार ,निडर र हकी स्वभाब ,लोभ लाग्दो सकृयता अनेक बिशेषताले र अनेक आरोह अबरोहले खारिएको खरो ब्यक्तित्व हो। उनी माथिको प्रहार कहिले देखी सुरु भो किन कहाँ बाट सुरु भो भन्ने नयाँ कुरै हैन । त्यस्को प्रतिबाद उनको व्यबहारले गर्दै आएको छ र धेरै कालखण्डमा बिभिन्न प्रवृतिहरुको बाधकको रुपमा नांगो खेल खेल्दै आएका हुन तर ति सबै आँफै पाखा लाग्दै गए ।

    समकालिन युवा राजनितिग्य मध्य एउटा उत्कृष्ट प्रभाब,जनाधार र लोकप्रियाता सहित को ब्यक्तित्व जसको एक अपिल मै देशभरका हजारौ युवाहरु प्रवाहित हुने खालको क्रेज आजको दिनमा पनि त्यत्तिकै छ बिचार भनेको कसैको कुण्ठा निराशा को प्रतिध्वनी हैन ,पुजारी ले जप्ने मन्त्र हैन सार्थक बिचार त्यो हो जस्ले उर्जा भर्छ जिबन दिन्छ लक्षित समुह लाई प्रवाहित गर्छ ,त्यो बिचार लाई प्रभाबकारी रुपमा डेलिभर गर्ने ब्यक्ती हो महेश बस्नेत जसको जग र आधार त्यही स्कुलिङबाट छ र उर्जा पूर्ण डेलिभरी छ।

    अन्ततः मेरो बुझाई यो होकि महेश विरुद्ध आक्रमण निश्चित रूपमा केपी ओली विरुद्धको षड्यन्त्र र षड्यन्त्रकर्ताको हिस्सेदारहरुको यो हर्कत, कर्मकाडी, बालुवाको पहाड एक दिन अवश्य खोक्रो हुनेछ । रत्नाकर डाकाको लयमा होईन ऋषिको लयमा फर्कनु बेश होला । भाई फुटे गवार लुटे गर्दा मृत्युपर्यत्न पनि मलामी नपाइएला ।

    पुनश्च सरकार  महामारी विरुद्ध जनताको हक हितको लागि युद्धमा होमिएको बेला जसरी नेतृत्व र सरकारमाथी  तमाम लान्छाना लगाउदै धमिलो पानीमा माछा मार्ने र  ढुङ्गा हान्ने प्रयास गर्ने दुबैलाई कोरोनाकोे यो माहामारीमा भ्रमको खेती बन्द गरी कम्युनिष्ट आन्दोलनको मुलभाव अनुसार आफ्नो कौसलता देखाउन विनम्र अनुरोध गर्दछु ।

    (लेखक मदन भण्डारी राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य हुन् )


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend