logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सुनको मुल्य तोलामा २७ सय घट्यो, कतिमा भयो कारोबार ?

    सुनको मुल्य तोलामा २७ सय घट्यो, कतिमा भयो कारोबार ?

    5.6K
    Shares
    सुनको मुल्य तोलामा २७ सय घट्यो, कतिमा भयो कारोबार ?

    काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब २ प्रतिशत घटेपछि नेपाली बजारमा सोअनुसार मूल्य समायोजन गरिएको हो ।

    यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

    चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend