logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

    बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

    4.5K
    Shares
    बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले पुष्टि गरे । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।

    चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट १ करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको छ ।

    ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ । ५र६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए ।

    चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    २ जना पक्राउ परे पनि रकम भने प्रहरीले थोरै मात्रामा बरामद गरेको छ । बाँकी रकम भारत पुर्‍याइसकेको आशंका प्रहरीले गरेको छ ।चोरी गर्नुे समूहका थप व्यक्ति समेत भारत पुगेको आशंकमा काउन्टर पार्टसँग समन्वय गरेर काम भइरहेको प्रहरी स्रोतले जानकारी दियो । क


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend