logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • हामीले चुनाव जित्नका लागि उम्मेदवार उठाएका हैनौँ : झलनाथ खनाल

    हामीले चुनाव जित्नका लागि उम्मेदवार उठाएका हैनौँ : झलनाथ खनाल

    4.4K
    Shares
    हामीले चुनाव जित्नका लागि उम्मेदवार उठाएका हैनौँ : झलनाथ खनाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाले आफ्नो पार्टीले चुनाव जित्नका लागि यो पटक उपनिर्वाचनमा उम्मेदवार नउठाएको बताएका छन् ।

    सुनौलो नेपालसँगको कुराकानीमा सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री खनालले भने, “हामीले चुनाव जित्न लागि उम्मेदवार उठाएका हैनौँ, पार्टीको हैसियत र सम्मानलाई सुरक्षित गर्नका लागि उम्मेदवारी दिएका हौँ ।”

    यसैगरी उनले बामपन्थीले चुनाव जितेकोमा आफु खुशी भएको बताए । इलामा–२ मा आफुले सुहाङ नेम्वाङलाई उम्मेदवारी दर्ताकै दिन बधाई दिएकाले उनको बिजयमा आफु खुशी भएको बताए ।

    यसैगरी उनले जनताको बहुँदलिय जनबाद (जबज) पुरानो भइसकेकाले अब नयाँ ढंग, बिचार, प्रबाहले अगाडि बढ्नु पर्ने समेत बताए । देशभरीमा भ्रष्टाचार व्याप्त भएको र हर दिन तीन हजार युवा रोजगारीका लागि पालाएन हुने पर्ने अवस्था आएका उनले बताए ।

    यस भन्दा पहिलेको सरकारमा आफ्नो पार्टी सहभागि भएकाले पार्टीले धरौटी समेत गुमाउनु परेको उनले दाबी गरे । यसैगरी उनले सबै बाम एक ठाम हुनु पर्ने धारणा राखे ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend