logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अर्घाखाँची सिमेन्टले ८ महिनामा गर्यो साढे ३ अर्बको व्यापार

    अर्घाखाँची सिमेन्टले ८ महिनामा गर्यो साढे ३ अर्बको व्यापार

    533
    Shares
    अर्घाखाँची सिमेन्टले ८ महिनामा गर्यो साढे ३ अर्बको व्यापार

    काठमाडौं । मुलुकका तीन ठूला व्यवसायिक घरनाले सञ्चालन गरिरहेको अर्घाखाँची सिमेन्ट लिमिटेडले ८ महिनामा ३ अर्ब ३६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । २०२३ मा उद्योगले ५ अर्ब ७७ करोड २० लाख, २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख, २०२१ म ८ अर्ब ७० करोड ४० लाख र २०२० मा ७ अर्ब ३७ करोड ९० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो ।

    उद्योगले अर्घाखाँची ब्राण्डमा ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिरहेको छ । निर्माण व्यवसायमा देखिएको मन्दीका कारण उद्योगको व्यापारमा केही कमी आएको छ । अर्घाखाँचीले ४ अर्ब ६३ करोड ३० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    नेपाल विद्युत प्राधिकरणले १ अर्ब २५ करोड ७० लाख रुपैयाँ बिजुली बक्यौताको बिल पठाएको छ । उद्योग र प्राधिकरणबीच विद्युत बक्यौता विवादमा छ ।

    सिद्धार्थ ग्रुप, मुरारका ग्रुप र केडिया अर्गनाइजेसनको संयुक्त लगानी उद्योग सञ्चालनमा छ । सन् १९९८ मा डाइनेष्टी इन्डष्ट्रिज नेपाल प्रालि २०११ मा अर्घाखाँची सिमेन्ट प्रालिमा रुपान्तरण भएको थियो । यस्तै प्राथमिक सेयर (आइपिओ) निष्कासन प्रयोजनका लागि २०२१ मा कम्पनी लिमिटेडमा परिणत भएको हो ।

    उद्योग क्लिङकर र सिमेन्ट उत्पादनमा संलग्न छ । उद्योगको क्लिङकर उत्पादन क्षमता दैनिक १० लाख टन छ । यस्तै ग्रान्डिङ युनिटबाट दैनिक ८ लाख टन सिमेन्ट उत्पादन हुने गरेको छ । उद्योगमा सिद्धार्थ ग्रुपको ३५, मुरारका ग्रुपको ३० र केडिया अर्गनाइजेसनको १७.५ प्रतिशत हिस्सा छ । अर्घाखाँचीमा भारतको उमा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत हिस्सा छ । उद्योग रुपन्देहीको मैनहियामा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend