logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • होटल मिस्टिक माउन्टेनको व्यापारमा चमक आउँदा ३३ करोड कारोबार

    होटल मिस्टिक माउन्टेनको व्यापारमा चमक आउँदा ३३ करोड कारोबार

    1.6K
    Shares
    होटल मिस्टिक माउन्टेनको व्यापारमा चमक आउँदा ३३ करोड कारोबार

    काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित चारतारे स्तरको होटल मिस्टिक माउन्टेन प्रालिको व्यापार ३१ प्रतिशत बढेको छ । २०२३ मा मिस्टिक माउन्टेनले ३३ करोड रुपैयाँ व्यापार गरेको छ । २०२२ मा होटलले २५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    एक वर्षको अवधिमा होटलको व्यापार ७ करोड ८० लाख रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । अकुपेन्सी दर बढेर ७३ प्रतिशत पुगेपछि होटलको आम्दानी उल्लेख्य रुपमा बढेको मिस्टिक माउन्टेनले जनाएको छ ।

    प्रतिकोठा आम्दानी पनि बढेर ६ हजार ३ सय रुपैयाँ पुगेको छ । गत वर्ष होटलको अकुपेन्सी दर ६० प्रतिशत मात्र हुँदा प्रतिकोठा आम्दानी ३ हजार ९ सय रुपैयाँ मात्र थियो ।
    गत वर्ष होटलको व्यापार १ सय ७१ प्रतिशत बढेको थियो ।

    २०२१ मा होटलले ९ करोड ३० लाख रुपैयाँ कारोबार गरेको थियो । एक वर्षमा होटलको आम्दानी झण्डै १६ करोड रुपैयाँ बढेको थियो । मिस्टिक माउन्टेनले २०२० मा १४ करोड ८० लाख र २०१९ मा २२ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो ।

    होटलले ५६ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।

    सन् २०१३ मा स्थापना भएको मिस्टिक माउन्टेन २०१७ मा ३३ कोठासहित सञ्चालनमा आएको हो। अहिले होटलमा सुविधा सम्पन्न ७२ कोठा छन् । होटल राजधानी काठमाडौंबाट ३० किलोमिट दुरीमा नगरकोटको काभ्रेको मण्डन देउपुरमा छ ।

    ३.५ एक्कड क्षेफलमा फैलिएको होटलका दुई ब्लक छन् । होटलको सबै स्वामित्व दोसो पुस्ताका व्यवसायी बालकृष्ण ध्वजुको छ। मिस्टिक माउन्टेनमा विदेशी तथा स्वदेशी चेन होटल सम्बन्धन छैन् । नेपाली व्यवस्थापनमा सञ्चालन भइरहको होटलले जनाएको छ । मिस्टिक माउन्टेनलाई पर्यटन विभागले चारतारे स्तरको मान्यता दिएको छ ।

    होटल सञ्चालक धोजुसँग होटल उद्योगमा २० वर्षभन्दा बढीको अनुभव छ । विगतमा उनको परिवारको स्वामित्वमा रहेको तीन तारे होटलको महाप्रबन्धकको रूपमा काम गरेको अनुभव छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend