logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर नष्ट

    जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर नष्ट

    962
    Shares
    जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर नष्ट

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा २ घरमा आगलागी भएको छ ।

    जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको २ घरमा क्षति पुगेको हो । मङ्गलबार साँझ ७ बजेतिर जङ्गलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा १ घर पूर्णरुपमा नष्ट भएको छभने अर्को १ घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए ।

    स्थानीयले आगो नियन्त्रणमा लिएपछि अन्य घर आगलागीबाट बचेको उनले बताए । आगलागीमा परी स्थानीय रामबहादुर चेपाङको घर पूरै जलेको र रु २० हजार नगद, २० डोको मकै, ४ घार मौरी, लत्ताकपडालगायत सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय अनिल बुढाथोकीले बताए ।

    उनका अनुसार चेपाङका छोरा कर्ण चेपाङको घर आधा जलेको र घरमा रहेको १ घार मौरी, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend