logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • वेस्ट इन्डिज ‘ए’ ले नेपालविरूद्ध १० ‌ओभरमै हान्यो १०९ रन

    वेस्ट इन्डिज ‘ए’ ले नेपालविरूद्ध १० ‌ओभरमै हान्यो १०९ रन

    1.1K
    Shares
    वेस्ट इन्डिज ‘ए’ ले नेपालविरूद्ध १० ‌ओभरमै हान्यो १०९ रन

    काठमाडौँ । नेपाल विरूद्धको तेस्रो टी २० खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० ‌ओभरमा १ विकेटको क्षतिमा १०९ रन जोडेको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले नटआउट ६८ रन र आन्द्रे फ्लेचरले नटआउट २२ रन बनाएर खेलिरहेका छन्।

    चार्ल्सले ३३ बलमा ७ चौका र ५ छक्का प्रहार गरिसकेका छन्। वेस्ट इन्डिजका ओपनर एलिक एथानाज भने चौथो ओभरको पहिलो बलमा रनआउट भए। उनी १७ रन बनाएर खेलिरहदा अनिल साहको थ्रोमा बलर कमलसिंह ऐरीले रनआउट गरे।

    ननस्ट्राइकमा रहेका उनी चार्ल्सले रनका लागि कुनै संकेत नदिँदा रनआउट भएका थिए। पाँच खेलको सिरिज १\१ को बराबरीमा छ। पहिलो खेलमा नेपाल र दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएका थिए। नेपालले टी २० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजसँग सिरिज खेलेको हो।

    शनिबार सिरिज सकिएपछि नेपाल तयारीका लागि वेस्ट इन्डिज जानेछ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend