logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • आक्रामक खेल्दै वेस्ट इन्डिजले नेपाललाई दियो २२८ रनको विशाल लक्ष्य

    आक्रामक खेल्दै वेस्ट इन्डिजले नेपाललाई दियो २२८ रनको विशाल लक्ष्य

    975
    Shares
    आक्रामक खेल्दै वेस्ट इन्डिजले नेपाललाई दियो २२८ रनको विशाल लक्ष्य

    काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकमा वेष्टइण्डिजले तेस्रो टी २० खेलमा घरेलु टोली नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।

    जोनसन चार्ल्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए ।

    त्यो समय वेष्ट इण्डिज ३।१ ओभरमा २७र१ को अवस्थामा थियो । त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend