logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

    रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

    533
    Shares
    रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

    उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्यांकन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ महामन्त्री मुकुल ढकालले भने ।

    शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ बैशाखमा संसदीय दलको बैठक बोलाइएको छ । इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएको छ ।

    रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् । नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको २१ वैशाखमा दुई महिना पुग्दैछ ।

    पार्टी बैठकमा सरकारमा सहभागीता र प्रभावकारिताबारे छलफल रास्वपाले जनाएको छ । पार्टी बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend