logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यूएईमा फेरि भारी वर्षा, अत्यावश्यकवाहेक ड्राइभिङ्ग नगर्न ‘अलर्ट’

    यूएईमा फेरि भारी वर्षा, अत्यावश्यकवाहेक ड्राइभिङ्ग नगर्न ‘अलर्ट’

    6.6K
    Shares
    यूएईमा फेरि भारी वर्षा, अत्यावश्यकवाहेक ड्राइभिङ्ग नगर्न ‘अलर्ट’

    दुबई । युनाइटेड अरब इमिरेट्रसमा बिहीबार बिहानैदेखि अत्याधिक वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएको जनाइएको छ ।

    दुवईमा बिहान हुँदा  हुरी, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको थियो । मौसम प्रक्षेपणभन्दा अघि नै बिहान ३ बजे नै यो अवस्था आएको थियो ।

    खाडी मुलुक यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।

    विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको जनाइएको छ । अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न र अत्यावश्यक परेमा होसियारी अपनाउन सरकारी निकायले सर्वसाधारणलाई अलर्ट जारी गरेको गल्फ न्युजले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend