logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तोलामा २ हजारले बढ्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार?

    तोलामा २ हजारले बढ्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार?

    2.1K
    Shares
    तोलामा २ हजारले बढ्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज २ हजारले बढेको छ। बुधबार तोलामा २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आज १ लाख ३६ हजार ५ सयमा कारोबार भइरहेको छ।

    यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन अहिलेसम्मकै रेर्कड हो। यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेको छ।

    अघिल्लो दिन प्रतितोला १ हजार ६३० रुपैयाँ रहेको चाँदी आज १ हजार ६४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend