logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौँ महानगरपालिकाद्धारा टुँडिखेलमा ‘सिप मेला २०८१’ सञ्चालन

    काठमाडौँ महानगरपालिकाद्धारा टुँडिखेलमा ‘सिप मेला २०८१’ सञ्चालन

    624
    Shares
    काठमाडौँ महानगरपालिकाद्धारा टुँडिखेलमा ‘सिप मेला २०८१’ सञ्चालन

    काठमाडौँ । ‘विश्व मजदुर दिवस’ को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ सञ्चालन भइरहेको छ । मेला एक महिनासम्म सञ्चालन हुने जनाइएको छ ।

    काठमाडौँ महानगरपालिकाको आयोजनामा बुधबारदेउक्त सिपमेला सुरु भएको हो । कुल २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

    उक्त मेलाको उदघाटन महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले एक कार्यक्रमकाबीच गरिकी छन् । विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषताको भएको उनले बताईन । उनले भनिन, “विगतमा धेरै तालिम भएप पनि जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशक्तिको सधैँ अभाव रहेकाले अहिलेको तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोडेको छ ।”

    सीपयुक्त जनशक्तिको माग र आपूर्तिकाबीचमा अहिले देखिएको खाडल घटाउने तालिमको उद्देश्य हो । व्यक्तिको रुचि र उमेर समूह, रोजगारदाताको आवश्यकताका आधारमा तालिम कार्यक्रम गरिरहेको महानगरले जनाएको छ । तालिममा सहभागिता जनाउन यसअघि महानगरले व्यवस्था गरेको अनलाइनबाट फाराम भर्न छुटेका वा अनलाइन फाराम भर्न नसक्नेहरुले टुँडिखेलमै आएर फाराम भर्ने व्यवस्था गरिएको छ ।

    शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको हो । मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् । तालिमको अन्तिम दिन रोजगार मेला हुने महानगरले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend