logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

    नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

    819
    Shares
    नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

    काठमाडौँ । नेपालले चौथो टी– २० खेलमा वेस्ट इन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्ट इन्डिजका रोस्टन चेसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

    पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत आजको खेलमा नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल सुरू हुँदै छ।

    हालसम्मको अवस्थामा पाहुना टोली वेस्ट इन्डिज ‘ए’ सिरिजमा २–१ ले अघि रहेको छ भने नेपालले एक खेलमा मात्रै जित हात पारेको छ।

    पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १० रनले र तेस्रो खेलमा ७६ रनले पराजित भएको छ।

    आजको खेलमा नेपालले जित निकाल्न नसके सिरिज गुमाउने छ। त्यसकारण पनि नेपाल आजको खेलमा जित निकाल्दै सिरिज जित्ने सम्भावनालाई कायमै राख्न चाहन्छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend