logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रभाषामा महाधिवेशनको प्रचारप्रसार गर्दै जसपा

    राष्ट्रभाषामा महाधिवेशनको प्रचारप्रसार गर्दै जसपा

    559
    Shares
    राष्ट्रभाषामा महाधिवेशनको प्रचारप्रसार गर्दै जसपा

    काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले विभिन्न राष्ट्रभाषामा आसन्न राष्ट्रिय महाधिवेशनको प्रचार प्रसार गरिरहेको छ ।

    सबैलाई पहिचान सबैलाई सम्मानका खातिर राष्ट्रभाषालाई प्रचार प्रसारमा प्रयोग गरिएको हो । पार्टीको प्रचारप्रसार तथा प्रकाशन विभागले ब्यानर, पोष्टर, स्टिकरलगायतका सामग्रीहरु नेपाली, अंग्रेजी, मैथिली, भोजपुरी, अवधी, मगर, लिम्बू, शेर्पा, नेपाल भाषालगायतका राष्ट्रभाषामा तयार गरी प्रचारप्रसार गरिराखेको सो पार्टीका प्रचारप्रसार एवं प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    उनका अनुसार जसपाले एकताको प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिकाबमोजिम सार्वजनिक गरेको छ । जसअनुसार संगठित पार्टी सदस्यको नामावली सार्वजनिक गरी आएका उजुरीउपर छानबिन गरी यही वैशाख २६ गते अन्तिम नामावली सार्वजनिक गर्ने बस्नेतले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend