logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

    वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

    650
    Shares
    वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

    काठमाडौं । वेस्टइन्डिज एले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २१० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो ।

    आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए । फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा नट आउट रहे । जोनसन चार्ल्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए । उनले तेस्रो खेलमा ११९ रनको शतकीय इनिङ खेलेका थिए ।

    ओपनर एलिक एथानाजेलाई प्रतिश जि।सीले ५ रनमा आउट गरेका थिए । त्यसपछि जोनसन चाल्र्स र आन्द्रे फ्लेचरले ९२ रनको साझेदारी गरेका थिए ।

    चार्ल्स कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । त्यसपछि आएका केसी कार्टी भने १० बलमा ४ रन बनाएर आउट भएका थिए । प्रतिश जि।सीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend