logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्छ : प्रमुख सचेतक परियार

    पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्छ : प्रमुख सचेतक परियार

    987
    Shares
    पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्छ : प्रमुख सचेतक परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सूचनाका श्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुँदै गएको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालको पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्ने बताए । उनले नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले भुमिका खेल्नुपर्ने बताए । उनले संविधानमा व्यवस्था गरेका कुराहरुमा राजनीतिक पार्टीहरु सचेत छन् की छैनन् ? भन्नेकुरामा बहस हुन जरुरी रहेको बताए ।

    उनले भने, ‘आज आएर सूचनाका श्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुन थालेका छन् । नेपालको पत्रकारिताले अब विचारमा अलि बढी र फराकिलो काम गर्नुपर्छ । नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले अझ बढी भुमिका खेल्नुपर्छ । पत्रकार महासंघले एउटा अभियान छेड्नुपर्छ की, संविधानमा व्यवस्था गरेका कुराहरुमा राजनीतिक पार्टीहरु सचेत छन् की छैनन् ? संविधान बमोजिम राजनीतिक पार्टीहरुले आफ्नो कर्म गर्छन् की गर्दैनन् ? त्यतातिर कलम तिखार्नुपर्नेछ ।’

    प्रमुख सचेतक परियारले ठूलो संघर्षबाट ल्याएको व्यवस्थाप्रति राजनीतिक पार्टीहरु नै विश्वास गुमाउन थालेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend